सन्त कुमार केसीको ‘मेरी आमा’ दिपेन्द्र प्रकाशको निर्देशन
  • CIA Khabar

  • काठमाडौं । गायिका मञ्जु गुरुङको ‘मेरी आमा’ सार्वजनिक भएको छ । विशेष गरेर जन्मदिने आमालाई लक्षित गरेर तयारी पारिएको गितको शब्द सन्तकुमार केसीले तयार पारेका हुन् ।

    गायिका गुरुङको आवाजमा सार्वजनिक ‘मेरी आमा’को सार्वजनिक म्यूजिक भिडियोमा प्रतिक्षा वाग्ले, सुविक्षा सापकोटा र माही चौलागाईलाई देख्न सकिन्छ ।

    गाउँघरको सामन्य परिवारको कथा वस्तु समेटेर तयारी गरिएको दृष्यमा एउटी आमाले सन्तानको लागि कति दुःख र मिहेनत गर्छिन् भन्ने ज्वलन्त उदाहरण प्रस्तुतीमा देख्न सकिन्छ ।

    राजधानीभन्दा बाहिर मोफोसलमा रहेर कलाकारिता क्षेत्रलाई अगाडि बढाइरहेको सुविक्षा सापकोटाले विशेषत छोरीको भूमिका निभाइकी छन् । यसअघि पनि विभिन्न म्यूजिक भिडियोमा अभिनय गरिसेकेकी उनको ‘मेरी आमा’ पनि निकै मिहेनतका साथ आफुलाई प्रस्तुत गरेकी छन् ।

    सुविक्षाको लगत्तै दुईवटा तिज गित बजारमा आउने क्रममा रहेको उनले सुनाइन् ।  दिपेन्द्र प्रकाश केसीको निर्देशन रहेको ‘मेरी आमा’को सम्मूर्ण कथाबस्तुको दृष्याङकनमा केसीले नै महत्वपूर्ण भूमिका निभाएका छन् ।  पछिल्लो समय पत्रकारितासंगै कलाकारितामा पनि उत्तिकै व्यस्त केसीले थुप्रै म्यूजिक भिडियोहरुको निर्देशन गरिसकेका छन् ।

    सन्त कुमार केसीको शब्द रचनामा रमेश क्षितिज गिरिको लय रहेको ‘मेरी आमा’ को रोमश भण्डारीले म्यूजिक ऐरेन्ज गरेका हुन् । कर्मथलो विदेश बनाएका केसीले स्वदेशमा विभिन्न गित संगितको शव्द रचना गरेर थुप्रै चर्चित गितहरु पस्किएका छन् ।

    म्यूजिक भिडियोको छायाङ्कन तथा सम्पादन ओम प्रसाई र ड्रोनमा दिनेश डाँगीले साथ दिएका थिए ।

     

     

  • २९ असार २०८२, आईतवार ११:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images