टिकटक र फेसबुकको रिल्स हेरेर बनाउने विचारले मान्छेलाई बिगार्छ: डा शेखर
  • CIA Khabar

  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले टिकटक र फेसबुकको रिल्स हेरेर बनाउने विचारले मान्छेलाई बिगार्ने बताएका छन् ।

    स्याङ्जामा आयोजित कार्यक्रममा उनले विचार त अखबारहरू पढेर किताबहरू पढेर बनाउने विषय हो ।  टिकटक रिल्समा भएको एक मिनेटको कुरा, आधा मिनेटको कुराले विचार बनाउन थाल्यो भने कस्तो विचार बन्छ भनि प्रश्न गरे ।

    उनले भने–‘सामाजिक सञ्जालमा नलेख्नुस् भनेको होइन तर सबै त्यसैमा भर परेर विचार बनाउनुभएन ।’

    नेता कोइरालाले सञ्चारमन्त्रीको मातहत रहने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागिएको भन्दै यसको कुनै औचित्य नरहेको बताए ।  विधेयकहरू केही स्वार्थ समूहको चलखेलमा ल्याउन लागेको पनि कोइरालाले टिप्पणी गरे  । प्रजातान्त्रिक समाजवाद नभए देश अधोगतितिर जाने उनको भनाइ छ ।

    उनले भने– ‘सबैभन्दा पहिले लोकतन्त्र अत्यन्तै महत्वपूर्ण छ । समाजवादमात्र भनेर पुग्दैन, त्यो कम्युनिष्टले भन्ने कुरा हो । हामीले बहुलवादको कुरा गरेका थियौं संविधानमा लेख्न माओवादीले मानेनन् ।’

  • २२ श्रावण २०८२, बुधबार १७:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images