निजामती सेवा दिवसका अवसरमा ऊर्जा मन्त्रालयमा वृक्षारोपण
  • CIA Khabar

  • काठमाडौं– निजामती सेवा दिवस–२०८२ को अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ ।

    मन्त्रालयले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले वृक्षारोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

    निजामती सेवा दिवसको पूर्व सन्ध्यामा आज आयोजित उक्त कार्यक्रममा उर्जामन्त्री खड्काले सुशासन कायम गरी छिटो छरितो रूपमा आम नागरिकलाई सेवा प्रदान गर्न कर्मचारीहरू लाग्नुपर्ने बताए । उनले कर्मचारीले आफ्नो हक अधिकारको संरक्षण गर्दै गर्दा दायित्वलाई नबिर्सन समेत आग्रह गरे ।

    उर्जामन्त्री खड्काले ऊर्जा मन्त्रालयले विगतका वर्षदेखि नै डेंगु नियन्त्रण र सरसफाइ अभियानलाई सञ्चालन गर्दै आएको बताए  । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु प्रमुख उपाय भएकाले यस्ता सचेतना कार्यक्रमले रोग नियन्त्रणमा सहयोग पुग्ने उनको भनाई थियो ।

    उनले ऊर्जा मन्त्रालय र यसअन्तर्गतका सबै निकायमा सरसफाइ अभियानलाई निरन्तरता दिनसमेत कर्मचारीलाई निर्देशन दिए ।

    जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले निजामती सेवा दिवसलाई यस वर्षदेखि फरक ढंगले मनाउने निर्णयअनुसार सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । उनले मन्त्रालयले गत वर्षदेखि नै हरेक हप्ताको शुक्रबार सरसफाइ कार्यक्रम गर्दै आएको बताइन् ।

    उक्त कार्यक्रममा मन्त्री खड्का, सचिव दवाडीसँगै, जल तथा ऊर्जा आयोगका सचिवालयका सचिव दिनानाथ मिश्र, मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले समेत वृक्षारोपण गरेका थिए ।

    यसैगरी, आजैदेखि सिंहदरबाभित्र काठमाडौँ महानगरपालिकाको स्वास्थ्य सेवा विभागको टोलीले समेत डेँगु नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

    उक्त टोलीले सिंहदरबाभित्र पानी जम्ने सम्भावित क्षेत्रमा खोज तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।

  • २० भाद्र २०८२, शुक्रबार १४:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images