आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै
  • CIA Khabar

  • काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै छन् । खेल साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

    दुवै टिम जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । खेल इन्टरनेशनल विन्डोमा आधारित हुनेछ ।

    नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा १३ खेल नेपालले जितेको छ भने ८ खेल बंगलादेशले आफ्नो पक्षमा पारेको छ । यस्तै ३ खेल बराबरीमा सकिएका थिए ।

    नेपालले यो खेललाई एएफसी एसियन कप– २०२७ छनोट अन्तर्गत बाँकी खेलहरूको तयारीको रूपमा लिएको छ ।

    नेपाल र बंगलादेशबीचको दोस्रो खेल भदौ २४ गते मङ्गलबार हुनेछ । प्रतियोगितामा दुवै खेलको नजिता मिलाउँदा बराबरी भए पेनाल्टी सुटआउटबाट विजेता घोषणा गरिने एन्फाले जनाएको छ ।

  • २१ भाद्र २०८२, शनिबार १०:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images