एमाले विधान महाधिवेशन आज सकिँदै, समूहगत छलफलमा उठेका विषयमा अध्यक्ष ओलीले जवाफ दिने
  • CIA Khabar

  • ललितपुर– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशनमा आज समूहगत छलफलको सुझाव पेस गरिँदैछ ।

    प्रचार विभाग प्रमुख गौतमका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्ने छन् । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने छन् ।

    यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिने छन् ।

    समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ ।

    अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गरेर बैठक समापन गरिने गौतमले जानकारी दिए ।

    त्यसैगरी, आज नै समसामयिक प्रस्ताव पारित गर्दै गर्ने कार्यसूचीसमेत रहेको छ । महाधिवेशनमा आज केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने कार्यसूचीसमेत रहेको गौतमले जानकारी दिए ।

    ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन र महासचिव शङ्कर पोखरेलको साङ्गठनिकलगायत सात प्रस्तावमाथि शनिबार विभिन्न १० समूहमा छलफल भएको थियो ।

    महाधिवेशनमा देशभरबाट दुई हजार २६ प्रतिनिधि र आयोजककातर्फबाट तीन सय १५ जना गरी दुई हजार ३४१ जनाको सहभागिता छ ।

  • २२ भाद्र २०८२, आईतवार १०:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images