राष्ट्रपतिले जारी गरे मतदाता नामवालीसम्बन्धी अध्यादेश
  • CIA Khabar

  • काठमाडौं-  राष्‍ट्रपति रामचन्द्र पौडेलले मतदाता नामवालीसम्बन्धी अध्यादेश बुधबार जारी गरेका छन् ।

    अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएपछि पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

    पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीबीच बुधबार भेटवार्ता भएको थियो ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मे तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

  • ८ आश्विन २०८२, बुधबार १७:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images