काठमाडौँ – शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि करिब ५० वर्षअघि ल्याइएको गुरु योजना अझै पूरा भएको छैन ।
गुरु योजना पूरा नभएपनि लुम्बिनीलाई विश्व समुदायमा चिनाउन विभिन्न प्रयासहरु भइरहेका छन ।
यसै सन्दर्भमा विश्वका अर्बपति व्यापारीहरु समेत गरी १० हजारभन्दा धेरै स्वदेशी र बिदेशीहरुको सहभागितामा यही डिसेम्बर ११ तारिखदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति कार्यक्रम आयोजना गरिने भएको छ ।











