भ्रष्टाचारविरुद्ध कठोर कदम चालिने प्रधानमन्त्री कार्कीको भनाई
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताउनुभएको छ। उहाँलेभ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार तयार भएको जानकारी दिनुभयो। भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिंहदरबारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । ‘यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकार भएकोले सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको ,उहाँको भनाई छ । त्यसका लागि राज्य संयन्त्र क्रियाशील रहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा काम गर्दा धम्की आए पनि नडराउने स्पष्ट पार्नुभयो । ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि आफु नडराएको उहाँको भनाई छ । प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरुलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गर्नूभयो।

  • २४ मंसिर २०८२, मंगलवार १२:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images