सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने काँग्रेसको निर्णय
  • CIA Khabar

  • काठमाडौँ —

    नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा आज बसेको केन्द्रीय  कार्यसमितिको बैठकले पार्टी सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । देशको प्रधानमन्त्री काँग्रेसले कसलाई बनाउँछ भन्ने विषयमा मतदातालाई सजिलो होस् भनेर थापालाइ काँग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरिएको उपसभापति विश्वप्रकाश शर्माले बताउनु भयो ।

    थापालई ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति शर्माले जानकारी दिनुभयो । व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनका आधारमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उपसभापति शर्माको भनाइ छ । शर्माले नै बैठकमा सभापति  थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गर्नु भएको थियो ।

  • १० माघ २०८२, शुक्रबार २०:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images