राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस
  • CIA Khabar

  • काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा पेस गर्नुभएको हो ।

    प्रतिवेदन पेश गर्दै अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे शर्माले राष्ट्रियसभाका अध्यक्ष समक्ष प्रष्ट पार्नुभएको थियो । साथै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्तावसमेत सभासमक्ष प्रस्तुत गर्नुभएको छ ।

  • २० माघ २०८२, सोमबार १५:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images