काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले देश घृणा र उत्तेजनाको भाषाले सम्हाल्न नसकिने बताउनुुभएको छ । आइतबार काठमाडौँको कीर्तिपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा आइतबार सभापति थापाले मुलुक चलाउन सबैलाई मिलाउने सफ्ट भाषा बोल्नेले मात्रै सक्ने बताउनुुभयो ।
‘देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा बोल्नेले सक्दैन । मुलुक चलाउन एक्लै सकिँदैन । उहाँले निर्वाचनमा सोमबारसम्म प्रचारप्रसार गर्दा उत्तेजना र घोचपेचको भाषा कसैलाई पनि प्रयोग नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नूूभएको छ । पार्टीको नीति घोचपेच र उत्तेजनाको भाषा चुनावी प्रचारप्रसारमा नगर्ने रहेको सभापति थापाको भनाइ थियो ।
आफूले योजना र एजेन्डाबारे प्रधानमन्त्रीका उम्मेदवारबिच बहस होला, बहसमा प्रतिस्पर्धा होला भन्ने सोचेको भए पनि त्यो हुन नसकेको बताउनुुभयो ।














