निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो
  • CIA Khabar

  • काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ को समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वको टोलीले आज राष्ट्रपति भवन निवस शितल पुगेर निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएको हो।

    निर्वाचन प्रतिवेदन बुझाएसँगै नवनिर्वाचित सांसदको शपथ ग्रहण र नयाँ सरकार बनाउने प्रक्रिया पनि अघि बढेको छ । यसअघि निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको थियो। आयोगले आज समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सांसदहरुलाई आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानुकाकुमारी तुलाधार र सगुन शमशेर जबराले प्रमाणपत्र वितरण गर्नुभएको थियो । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ ६ वटा राजनितिक दलले सिट प्राप्त गरेका थिए ।

  • ५ चैत्र २०८२, बिहीबार १९:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images