सञ्जयले भने- एक्सिडेन्ट भएपछि अरूलाई भाग्न लगाएँ, मेरो टाइम गयो अनि फसेँ
  • CIA Khabar

  • काठमाडौं -सुरूङबाट शुक्रबार बिहान उद्धार गरिएर निकालेका सञ्जय साहले उद्धारकर्मीहरूसँग त्यहाँको अवस्थाबारे बताएका छन् । उनले त्यहाँ लामो टनेल भएकाले अरु पनि धेरै जना परेको हुनसक्ने बताएका छन् । बाढी आएपछि आफू कसरी त्यहाँ फसेँ भन्ने पनि उल्लेख गरेका छन् ।

    उनले नेपाली सेनाका अधिकारीहरूसँग गरेको छोटो संवादको अंश यस्तो छ :

    भित्र कति जना जति छन् होला ?

    भित्र त म कन्ट्रोल रुममा अपरेटर काम गर्थे । आजकल अरु टाइममा त चार पाँच छ जना मात्रै हुन्थ्यो । यतिबेला चालीस पैतालिस जना नै थियो । अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो । अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्‍यो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई भने ठम्याममा एक्सिडेन्ट भयो । अनि सबैलाई भाग्न लगाएँ । अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो । लास्टमा म निस्किनै पाइनँ अनि म फसेँ ।

    अब अझै भित्र कति जना जति अड्क्या छन् ?

    हाम्रो सम्पर्कमा साथीहरू तीन चार जना मात्रै थिए । नजिक छेउछाउ ।

    अनि भित्र पावर हाउस थियो । पावर हाउस भित्र पनि छन् मान्छेहरु ?

    हुन सक्छन् । सबै भाग्न नसकेको होलाल् । टनेल लामो छ । त्यहाँ पानी पनि भित्र पसेको होला ।

    धेरै दिनपछि बाहिर निस्किनु भयो आज, यो त दोस्रो जीवन हो बधाइ छ !

    आज कति गते भयो ?

    आज १९ गते हो । दोस्रो जीवन नै भयो ल धेरै धेरै बधाई !

    म महामन्त्र जप गर्दै बसेको थिएँ ।

  • १९ भाद्र २०८३, शुक्रबार ११:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images