माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्ध विच्छेद
  • CIA Khabar

  • काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

    २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

    बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् ।

    दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

  • २१ बैशाख २०७८, मंगलवार १९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images