काठमाडौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।