प्रधानमन्त्रीले डाके मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक
  • CIA Khabar

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठक डाकेका छन् ।

    सोमबार र बिहीबार नियमित बस्दै आएको मन्त्रिपरिषद बैठक आज साँझ ५ पनि डाकिएको हो ।

    बैठकका एजेण्डाबारे जानकारी नभए पनि वैशाख २७ को विश्वासको मत र विकसित राजनीतिक घटनाक्रमबारे ओलीले परामर्श लिन खोज्नु भएको हुन सक्ने एक मन्त्रीले बताए ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते संसदको ‘विशेष अधिवेशन’ आह्वान गरिएको छ ।

    विश्वासको मत लिने मिति सार्वजनिक भएसँगै प्रमुख राजनीतिक दलहरूबीच आन्तरिक तथा बहुपक्षीय छलफलले तीव्रता पाएको छ ।

    आजै कांग्रेसको संसदीय दलको बैठकसमेत बस्दैछ ।

  • २५ बैशाख २०७८, शनिबार १०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images