काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।
छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल पत्रकार महासंघका निवर्तमान उपाध्यक्ष दिलीप थापामगरले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्राप्त गरेका छन् ।
सरोकार टेलिभिजिन र हिमालयन टेलिभ्वाइस न्यूज एजेन्सीका सञ्चालक थापा एक लाख राशीको सो पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व।सुकदेव नेपाल ९अग्निशिखा० र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् ।
पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।
कसकसले कुन कुन पुरस्कार पाए ?
वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व. सुकदेव नेपाल ९अग्निशिखा० र हर्ष सुब्बा
वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६
इन्द्र बुढा ९उजीर मगर० – बागलुङ
मात्रिका पौडेल – रामेछाप
संगिता खड्का – काठमाडौं
शेषराज दाहाल– सिन्धुली
हेमन्तबहादुर विक– बाँके
शीतल साह – धनुषा
राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७
दिलीपकुमार थापामगर– भक्तपुर
दीपेन न्यौपाने– मोरङ
दुर्गाप्रसाद शर्मा– पर्वत
शुरोजंग पाण्डे– दोलखा
नितु पण्डित – नुवाकोट
पुनम पौडेल– ललितपुर