डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको निधन भएको छ । नर्भिक अस्पताल काठमाडौँमा उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी हिराचन्द्र धरालाले बताए । उनले भने, ‘मेयरसाबको मृत्यु भएको खबर हामीलाई पनि दिउँसो आएको हो ।’
झण्डै १५ दिनअघि केही विशेष कामले भनेर काठमाडौँ जानुभएको थियो,’ उनले भने, ‘ सुगर र प्रेसरको औषधि पनि खाइरहनुभएको थियो ।’ अहिलेसम्म कोरोनाका कारण उनको मृत्यु भएको भनिएको छ ।