गुल्मीका एक कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा एक कोरोना संक्रमितको एम्बुलेन्स मै मृत्यु भएको छ।
    गुल्मी जिल्लाको ईश्मा गाउँपालिका बडा नम्बर-५ रजस्थल निवासी ६५ बर्षिय बृद्धको शनिबार दिउँसो तम्घास अस्पतालको परिसरमा मृत्यु भएको एम्बुलेन्स चालक ले बताए।

    उनमा कोरोना सगँ मिल्दोजुल्दो लक्षण देखिए पछि बिहीबार एन्टिजेन परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।उनलाई शनिबार गारो भए पछि अक्सिजन सहित तम्घास अस्पताल ल्याइएको थियो।

    अस्पताल भित्र गएर आकस्मिक कक्षामा सम्पर्क राख्दा पनि चिकित्सक नआएपछि एम्बुलेन्स मै मृत्यु भएको हो।

    अस्पताल आउँदा आउँदै बिरामीको ज्यान गएकाले बिरामी लाई स्वास्थ्यकर्मी ले भेट्न समेत नपाएको बताउँछन् तम्घास अस्पतालका डा उत्तम पच्याले जानकारी दिए।उनका अनुसार अहिले तम्घास अस्पतालमा बनाइएका पाँच आकस्मिक तर्फका सबै शैया भरिएको बताए।

    गुल्मीमा दोस्रो कोरोना लहरका कारण १६ जनाको मृत्यु भै सकेको छ।

  • २६ बैशाख २०७८, आईतवार १०:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images