माधव पक्षका सांसद केसीको उद्घोषः जनतामाथि गद्धारी गर्दिन, राजीनामा दिन्न
  • CIA Khabar

  • दाङ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताउनुभएको छ ।

    दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षकालागि सांसद बनाएकाले बीचमै राजिनामा दिएर भाग्नु जनतामाथिको गद्दारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई ५ वर्षका लागि जनताले चुनेर पठाएका हुन्, कसैको स्वार्थसिद्धिका लागि म जनमतको अपमान म गर्दिन ।’ पार्टी भित्र अध्यक्ष केपी ओलीले गरेका केही गलतको बिरोध गरे पनि आफू पार्टी हित बिपरित नलाग्ने उहाँले बताउनुभयो ।

    घनश्याम भुसालले आज फोनमा राजीनामा दिन भनेको र आफूले राजीनामा नगर्ने जवाफ दिएको केसी जानकारी दिनुभयो । उहाँलेले एमाले भित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने तर, राज्रीनामा वा फ्लोर क्रस गरेर राजनीतिक भविष्य बर्बाद पार्न नहुने धारणा राख्नुभयो । आफ्नै पार्टीको सरकार ढाल्न सांसदबाट राजिनामा दिनु राजनीतिक अपराध भएको केसीको दावी गर्नुभयो । नेपाल पक्षबाट राजीनामा दिने भनिएका सांसदको सुचीमा केसीको नाम पनि छ ।

  • २६ बैशाख २०७८, आईतवार १२:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images