काठमाडौँ । नेपाली कांग्रेसले अक्सिजनको कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।
आइतबार नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले तत्काल अक्सिजनको आपूर्ति तत्काल गर्न र कृत्रिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेका हुन् ।
उनले आवश्यक अस्पताल बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारको ध्यानकर्षण गराएका छन् ।
काठमाडौँ उपत्यकाका धेरै अस्पतालमा अक्सिजनको गम्भीर अभाव हुन थालेको र यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले अक्सिजन नपाउने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा। महतको आरोप छ ।