खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान
  • CIA Khabar

  • काठमाडौ । नेपालमा कोभिड १९ को दोश्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र पनि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ ।
    सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मुल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।

    सोहि अभियान अन्तरगत महासंघका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थाई कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टोलीले ईटहरीस्थित १ नं। प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाइजर र ग्लोभ्स प्रदान गरेको स्थाई कमिटी सदस्य कार्कीले जानकारी गराए ।

    नेकोसका केन्द्रिय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रिय संयोजक परशुराम बस्नेतले २२५० थान मास्क, १० लिटर स्यानिटाइजर र केहि दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन् ।

  • २६ बैशाख २०७८, आईतवार १५:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images