प्रधानमन्त्रीले लिने विश्वासको मतबारे जसपाले ह्वीप नलगाउने
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतका लागि ह्वीप जारी नगर्ने भएको छ । उक्त प्रक्रियामा जसपाले आफ्ना सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने भएको हो ।

    संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवासमा बसेको पदाधिकारी बैठकले विश्वासको मतको विपक्ष वा तटस्थ बस्ने स्वतन्त्रता सांसदहरूलाई दिने निर्णय गरेको नेता अशोक राईले जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले सोमबारको संसद बैठकमा विश्वासको मत लिँदैछन् । उक्त बैठकमा जसपाले ह्वीप नलगाउने निर्णय गरेको हो ।

    जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गर्दै तटस्थ बस्ने बताएका थिए । पार्टी एकता जोगाउनुपर्ने भएकाले विश्वासको मत दिन नसकिने उनीहरूको भनाइ थियो ।

  • २६ बैशाख २०७८, आईतवार २१:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images