कोरोना महामारी नियन्त्रणमा आविष्कार केन्द्रको काम प्रशंसनीय : उपप्रधानमन्त्री पोखरेल
  • CIA Khabar

  • काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।

    सिंहदरबारमा आज आविष्कार केन्द्रका अध्यक्ष रहेका महावीर पुनसँगको भेटमा उपप्रधानमन्त्री पोखरलेलले आविष्कार केन्द्रको कार्य अनुकरणीय रहेको बताउँदै सरकारका तर्फबाट सहयोग गर्ने उनले बताए।

    भेटमा आविष्कार केन्द्रका अध्यक्ष पुनले कोरोनाको संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको जानकारी दिए।

    उनकाअनुसार आविष्कार केन्द्रले अहिलेसम्म ३८ हजार ५ सय सेट पीपीई निःशुल्क वितरण गरिसकेको छ। पुनले संकटकालीन अवस्था भएकाले त्यहीअनुसार अध्यादेश र कानुन बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरे।

  • २६ बैशाख २०७८, आईतवार २१:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images