पोखरा । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई साथ दिने भएको छ ।
पियारी थापाका अनुसार मंगलबार नयाँ सरकार बनाउन सक्रिय विपक्षी गठबन्धनलाई सहयोग गर्न सांसहरूको हस्ताक्षर संकलन गर्न लागिएको हो । यदि जनमोर्चाले विपक्षलाई सहयोग गरेमा गण्डकीमा काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नेछन् । विपक्षी गठबन्धनसँग काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदको हस्ताक्षर छ ।
जनमोर्चाले साथ दिए सरकार बनाउन आवश्यक सांसदको अहस्ताक्षर गरेर प्रदेश प्रमुखको कार्यालयमा बुझाउने विपक्षीको तयारी छ । गण्डकीमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ ।