काठमाडौँ । बहराइनको राजपरिवारहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ ।
बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।
कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो । सगरमाथाको नयाँ उचाई ८८४८।८६ मिटर भएपछि भएको यो दोस्रो आरोहण हो ।
राजपरिवारको टोली आज बिहान ६स्४० बजे सगरमाथाको सफल आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ ।