कांग्रेस पदाधिकारी बैठक बस्दै, विपक्षसँग पनि आजै परामर्श
  • CIA Khabar

  • काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदकाधिकारी बैठक बोलाएका छन् । आज दिउँसो तीन बजेका लागि देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको सभापति देउवाका प्रेस सल्लाहकार भानु देउवाले जानकारी दिए ।

    प्रधानमन्त्रीलाई विश्वासको मतदानका क्रममा संसदमा भएका राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने एक नेताले बताए । विश्वासको मदतानका क्रममा जसपाका एक पक्ष तटस्थ बसेपछि ठाकुरलाई मनाउने विषयमा बैठक केन्द्रीत हुनेछ ।

    नयाँ सरकार गठनका लागि जसपा नै निर्णायक भएपछि जसपालाई जसरी पनि मनाएर अगाडि बढ्ने देउवाको रणनीति छ ।

    विपक्षसँग पनि छलफल :

    पदाधिकारी बैठक लगत्तै कांग्रेसले आजै विपक्ष दलहरुसँग परामर्श गर्दैछ । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षका नेताहरु सहभागी हुने स्रोतले जनाएको छ ।

    प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिन भित्र बहुदलिय नयाँ सरकार गठन गर्न आव्हान गरेकी छन् । संविधानको धारा ७६९२० अनुसार बहुमतीय सरकार गठनका लागि दिएको समयसीमा विहीबार सकिदै छ ।

  • २८ बैशाख २०७८, मंगलवार १४:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images