काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ ।
कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ।
अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार ‘एक्सपान्सन कीट’ सकिएपछि पीसीआर परीक्षण हाललाई रोकिएको हो ।
‘एक्सपान्सन कीट सकियो, त्यसलै हाललाई पीसीआर परीक्षण रोक्नुपर्ने भयो, अब कीट उपलब्ध भएपछि परीक्षण थालिनेछ,’ उनले भने ।
कोरोनाको उपचार हुने मुख्य सरकारी अस्पताल टेकुमा हाल दैनिक पाँच सयभन्दा बढी व्यक्तिको पीसीआर परीक्षण गर्दै आएको छ।