काठमाडौँ । ललितपुर महानगरपालिकाले सञ्चालन गर्ने कक्षा आठको परीक्षा तत्कालको लागि स्थगित गरेको छ ।
महानगरपालिकाले मंगलबार सूचना जारी गर्दे परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।
यसअघि महानगरले कक्षा ८ को परीक्षा जेठ ११ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।
काठमाडौँ उपत्यकाका तीन जिल्लामा बढ्दो कोरोना संक्रमण र जेठ १३ गतेसम्म निषेधाज्ञा जारी भएकाले परीक्षा स्थगित गरिएको महानगरले जनाएको छ ।