भारत । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हाट्नु नेपाल हार्नु भएको बताएका छन् । राज्यसभा सदस्य समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जीत हुने टिप्पणी समेत गरेका हुन् ।
पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’