नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब बढी
  • CIA Khabar

  • काठमाडौ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७र७८ को ९ महिनाको वित्तिय विवरण अनुसार नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १७ अर्ब माथि रहेको देखाएको छ ।

    राष्ट्र बैंकको ९ महिना (साउनदेखि चैतसम्म) को तथ्याङ्क हेर्दा समिक्षा अवधिमा कुल ११११ अर्ब ४० करोड रुपैयाँको वैदेशिक मालसामानको आयात भइरहँदा यता नेपालबाट जम्मा ९४ अर्ब ७७ करोडको मात्र निर्यात भएको छ ।
    यद्यपी गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा अधिकतम अधिकतम २०।२ प्रतिशतले निर्यात वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो निर्यात १२।९ प्रतिशतले मात्र वृद्धि भएको बैंकले जनाएको छ ।

    यस अवधिमा नेपालबाट निर्यात हुने सोयाविन तेल, अलैंची, जुटका सामान, धागो ९पोलिष्टर तथा अन्य०, परिश्मना लगायतका वस्तुहरुको निर्यातदर बढ्दा प्रतिशत समेत बढ्न गएको बैंकले जनाएको छ । यद्यपी सो अवधिमा निर्यात वस्तुहरुमै अग्रणी मानिदै आएको पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतको वस्तुमा भने समिक्षा अवधिमा अनपेक्षित गिरावट आएको राष्ट्र बैंकले बताएको छ ।

    यता, आयाततर्फ भने, गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा १३।१ प्रतिशतले वृद्धि भएको छ । जबकी गत वर्षको सोही अवधिमा यस्तो वृद्धि ७।५ प्रतिशत मात्र रहेको थियो ।

    राष्ट्र बैंकका अनुसार यस वर्ष आयातका हिसाबले भारत र चीनबाट क्रमशः २०।३ प्रतिशत र ७।७ प्रतिशतले वृद्धि भएको छ भने, अन्य मुलुकहरूबाट २।३ प्रतिशतले वृद्धि भएको छ ।
    उता निर्यात तर्फ सबैभन्दा बढि चीन तर्फ २७।३ प्रतिशतले र भारत तर्फ २३।५ प्रतिशतले र अन्य मुलुकहरु तर्फ १४।५ प्रतिशतले वृद्धि भएको छ ।

  • २९ बैशाख २०७८, बुधबार १७:५८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images