काठमाडौँ । नयाँ सरकार गठनमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।
नयाँ सरकार गठनबारे सहमति जुटाउन बालकुमारीस्थित पार्टी कार्यालयमा भएको शीर्ष नेताहरुबीचको छलफल बिनानिष्कर्ष टुंगिएको हो।
छलफलमा शीर्ष तहबाट सरकार गठनमा विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए। उनले भोलि ९बिहीबार० सम्म पार्टीको एकीकृत धारणा बनाइने बताए ।
जसपाको ठाकुर पक्षले भने ओलीको विकल्प खोज्न नसकिने जनाउँदै आएको छ ।
आजै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा वली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छिन् । राष्ट्रपतिले दिएको समय भोलि सकिँदैछ ।