राजीनामाको बिपक्षमा उभिए बहुमत सांसद , माधव र भीम रावल मात्रै कांग्रेस–माओवादीको गोटी बन्ने
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न सामुहिक राजीनामा दिने विषयमा माधव नेपाल समुहका नेताहरुबीच नै गम्भीर मतभेद देखिएको छ । नेपाल पक्षका नेतासहित अधिकांश सांसद सांसद पदबाट राजीनामा दिएर कांग्रेस–माओवादीको गोटी बन्न नसकिने भन्दै बिपक्षमा उभिएका हुन ।

    चुनाव खर्चसहित सवै कुराको ग्यारेण्टी हुने भन्दै नेता नेपाल र भीम रावलले देउवासँग राजीनामा दिने सहमति जनाउनु भएको थियो । कम्तिमा १६ जना सांसदले राजीनामा दिनुपर्ने भन्दै नेपाल र रावलले आफ्नो समुहमा रहेका २० जना प्रत्यक्ष निर्वाचित सांसदको राजनीनामा कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय लिनुभएको थियो । आगामी निर्वाचनमा रुख चिन्हबाट चुनाव लडने र चुनाव खर्च पनि पाइने भन्दै नेपाल र रावलले गरेको राजीनामाको प्रस्तवमा गोकर्ण बिष्ट, योगेश भट्टराईसहितका बहुमत नेताहरु असहमत हुनुभएको हो ।

    राजीनामाको विषयले आफ्नो समुहमा गम्भीर मतभेद रहेको तथ्य नेता रावलले आज दिउँसो दिनुभएको सार्वजनिक अभिब्यक्तिले पुष्टि गरेको छ । हिजो बेलुकामात्रै देउवासँग कांग्रेसको चुनाव चिन्ह लिएर चुनावमा उम्मेद्वार बन्नेदेखि खर्च ब्यवस्थापनसम्मको सहमति गर्नुभएका रावलले आफ्नै समुहका नेताहरु राजीनामा नदिने अडानमा उभिएपछि ‘ओलीलाई रोक्न सांसदबाट राजीनामा दिनु राजनीतिक र नैतिक विषय हुने’ भन्दै ट्वीट गर्नुभएको छ ।

    स्रोतका अनुसार आज पनि गोकर्ण बिष्टसहितका नेताहरुले माधव नेपालको निवासमै पुगेर राजीनामाको निर्णयबाट पछि हट्न आग्रह गर्नुभएको छ । उहाँले राजीनामा दिएर कांग्रेसको गोटी बन्न आफूहरु तयार नरहेको बटमलाइनसमेत सुनाउनु भएको स्रोतले  बतायो ।

    त्यसो त सांसदबाट राजीनामाको विषयमा सुरेन्द्र पाण्डे पनि सन्तुष्ट हुनुहुन्न । केही दिनदेखि आफ्नै निवासमा आराम गरिरहनु भएका नेता पाण्डेले सांसदबाट राजीनामा दिने बिषयमा आफू जानकार नरहेको भन्दै आपत्ति जनाउनु भएको छ । यस्तै नेता योगेश भट्टराई पनि राजीनामाको अप्रिय निर्णयमा पुग्न नहुने अडान राख्नुभएको छ । यसैगरी जयकुमार राई, विरोध खतिवडा, नारायण खतिवडा, गणेश पाहाडीलगायतका नेताहरु पनि राजीनामाको बिषयमा असहमत देखिनुभएको छ ।

    प्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध बिपक्षी कांग्रेस–माओवादी गठबन्धनको बहुमत पुर्याउने जिम्मा लिनुभएका नेता नेपाल र भीम रावललाई आफ्नै समुहका बहुमत सांसदहरु बिपक्षमा उभिएपछि देउवासँगको सहमति र लेनदेन अफापसिद्ध भएको छ । नेपाल र रावलले देउवासँग मन्त्रीदेखि चुनाव खर्च र चुनावमा जिताउने ग्यारेण्टीसम्मको सहमति गरेको तथ्य खुलिसकेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार ०७:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images