बैंक बित्तिय कर्मचारी मैत्री अस्पताल किन नबनाउने ?
  • झबिन भण्डारी

  • काठमाडौ । गत बर्ष देखि सुरु भएको कोरोना महामारीले बिश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, युरोपेली देशहरु देखि हाम्रो जस्तो बिकासन्मोखुक देशहरु समेत अस्त ब्यस्त बनायो यो अबस्था हेर्दा बिश्वका सम्पन्न देशहरुको स्वास्थ अबस्था समेत नाजुक अबस्थामा थियो भने अहिले हाम्रो देशमा अक्सिजनको अभावले दिनहु १र२ जनाले अकालमा ज्यान गुमाउनु परिरहेको छ ।

    आखिर अक्सिजन तथा सामान्य बेडको अभावले मानिसहरुले ज्यान गुमाउनु परिरहेको अबस्थामा अत्यावश्यक क्षेत्र भनेर राज्यले घोषणा गरेको बैक तथा बित्तिय क्षेत्रभित्र कार्यगर्ने कर्मचारी कोरोनाको उच्च जोखिम मा छ।अस्पताल लाई रेड जोन मा राखेको भन्दै स्वास्थ्य सेवा प्रवाह गर्न गार्हो भएको भन्ने जस्ता कुराहरु सामाजिक सन्जालमा देखिएको छ।तर बैक बित्तिय क्षेत्रमा कार्यरत कर्मचारीहरु भने जोखिम मोल्दै सेवा प्रवाह गर्न जानुपर्ने अबस्था छ।

    यदि स्वास्थ क्षेत्रले भोलि केही गरेर अस्पताल मा भर्ना लिन नसकेमा बैक बित्तिय क्षेत्रमा काम गर्ने कर्मचारी गम्भीर बिरामी परेका उनिहरुलाई औषधि गर्ने कहाँ तरु बेड नपाएर सयौ ब्यत्ती मरिरहेको अबस्थामा बैक बित्तिय क्षेत्रका कर्मचारीले बेड , लगायतका सुबिधा पाउँछन् भन्ने कहि छ त ग्यारेन्टी रु तसर्थ राज्यको आम्दानीको ठूलो हिस्सा भित्र बैक बित्तिय क्षेत्र पर्दछ्न । ठुला करदाता तथा राज्यको अर्थब्यबस्था चलाएमान गराउने यहि क्षेत्र स्वास्थको हिसावले असाध्यै नाजुक छ ।

    नेपाल मा हाल सम्म १०० भन्दा बढी बैक बित्तिय क्षेत्रहरु छ्न उनिहरुले बार्षिक सस्थागत रुपमै झन्डै २र३ करोड सामाजिक उत्तरदायित्व शिषर्क मा रकम खर्च गरिरहेका छ्न त्यो रकम यसै खेर गए जस्तै हो त्यसबाट राज्यको कुनै पुर्बधार बिकास वा कुनै ठोस कार्य मा खर्च भएको छैन तसर्थ झन्डै एक बर्षमा ३र४ अर्ब रकम जम्मा गरेर बैक बित्तिय कर्मचारी मैत्री अस्पताल किन नबनाउने रु बार्षिक रुपमा खर्छ गर्ने सामाजिक उत्तरदायित्वको केही रकम यसमा खर्च गर्न सकेपनी देशकै सुबिधा सम्पन्न अस्पताल हुन सक्ने छ।बैक बित्तिय क्षेत्रले यसरी आफ्नै लागतमा अस्पताल निर्माण गरे राज्यलाई समेत स्वास्थ मा सहयोग हुन सक्छ।

    यस्ता किसिमका अन्य क्षेत्र जस्तो कि निजामती कर्मचारीको सिभिल अस्पताल , सैनिक क्षेत्रको छाउनी अस्पताल लगायतका अस्पताल सन्चालन भैरहेको छ्न भने बैक बित्तिय क्षेत्रले त्यस किसिमको अस्पताल खोल्न किन नसक्नेरु राष्ट्रबैकले अब त्यो किसिमको नीति बनाउनु पर्दछ भने बैक बित्तिय सस्थाहरुको सन्चालक समितिहरु सगठन, कार्यकारी प्रमुखहरुको सङ्गठन तथा कर्मचारी युनियनहरुले समेत राष्ट्रबैकलाइ नितिगत रुपमा सामाजिक उत्तरदायित्वको रकम स्वास्थक्षेत्रमा खर्छ गर्न सकिने ब्यबस्था ल्याउन दबाब दिनुपर्छ।

    सुबिधा सम्पन्न अस्पतालमा कर्मचारी र तिनिका परिवार तथा बित्तिय क्षेत्रमा आबद्ध ब्यत्ती र ग्राहक सदस्यहरुको समेत सरल र सहज सस्तो किसिम बाट सेवा दिन सकिन्छ। गैरनाफामुखी तवरले सन्चालन गर्न सकिने प्रस्त बाटाहरु रहेका हुदा यस तर्फ सम्पुर्ण बित्तिय क्षेत्रमा आबद्ध रहनुहुने ब्यत्तिहरुले हातेमालो गर्न जरुरी देखिन्छ।

  • ३० बैशाख २०७८, बिहीबार ०९:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images