मन्त्री रायमाझीले अर्घाखाँचीमा अक्सिजन स्टक गरे भन्ने समाचार भ्रमपुर्ण, जिल्ला अस्पताल भन्छ अक्सिजन अभाब छ
  • दिपक भुसाल

  • काठमाडौ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले गृहजिल्ला अर्घाखाँचीका लागि स्वास्थ्य सामाग्री पठाएका छन् । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै मन्त्री रायमाझीले जिल्लावासीका लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री पठाउनु भएको हो ।

    वुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्री रायमाझीले अक्सिजन सिलिन्डर २३ पिस, अक्सिजन कन्सनटेटर ५ पिस, भिटिम १८०० पिस, एन्जिन ४०० पिस, सर्जिकल माक्स २७०० पिस, सेनिटाइजर १५ लिटर, अक्सोमिटर ७ पिस, डिजिटल थर्ममिटर २० पिस र पिपिए १९० पिस पठाइएको जानकारी दिनुभएको छ।पन्जा २०० पिस, चश्मा ५० पिस र फेस सिड ५० पिस पठाइएको जानकारी दिनुभएको हो ।

    अर्घाखाँचीका सांसद तथा उर्जामन्त्री रायमाझीले अर्घाखाँचीमा स्वास्थ सामाग्री पठाए लग्त्तै देश भनेको उपत्यका मात्र हो भन्ने सोच्ने हरुले बिरोध जनाउन थालेका छन ।

    अर्घाखाँचीमा टोपबहादुर रायमाझीले सहयोग गर्दा केहिले रायमाझीले आफ्नो जिल्लामा अक्सिजन स्टक गरेर राख्यो भनी आरोप लगाएका छन तर अर्घाखाँचीमा अक्सिजन स्टक हैन अभाव छ ।

    अर्घाखाँचीमा अक्सिजन के कति मात्रामा छ , अक्सिजन अभाव भएकै हो त ? भने एस एन एन नेपालले अर्घाखाँची अस्पतालका सुचना अधिकृत डाक्टर जग्दिश शर्मालाइ सोधेका थियौ , उहाँ भन्नुहुन्छ ” अर्घाखाँचीमा अक्सिजन अभाब भएकै हो , अहिले अपराह्न १२ बजे सम्मको लागि मात्रै अक्सिजन छ , माननीय ज्युले पठाउनु भएको स्वास्थ सामाग्री ले केही हद सम्म उपचार गर्न सकिन्छ ।” उर्जामन्त्री टोपबहादुर रायमाझीले पठाउनु भएको अक्सिजन र अन्य स्वास्थ सामाग्री कपिलवस्तु पुगिसकेको छ ।

    उक्त स्वास्थ सामाग्री लिएर टोपबहादुर रायमाझीका स्वकीय सचिब लिला जिसि सहितको टिमले स्वास्थ्य सामाग्री अर्घाखाँची पुर्याउदै छ । यता स्वकिय सचीव लिला जिसि सामाजिक सन्जालमा लेख्नु हुन्छ :

    काठमाडौं लाई मात्र देश ठान्ने हाेसियार । जनता अन्य जिल्लामा पनि छन् ।

    अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन सकियकाे बिहान ११ बजे सम्म मात्रै धान्ने भनी अस्पताल बाट जानकारी आएकाे हुदा अक्सिजन लिएर बुटवल बाट अगाडि बढिरहेका छाै , जनताको जिउ ज्यानको सुरक्षाको लागि रात दिन नभनी काठमाडौं बाट यहाँ सम्म पुग्यौं । यश बिचमा माननीय मन्त्री टाेप बहादुर रायमाझी ज्युले पटकपटक फाेनगरी छिटोभन्दा छिटो जनताको सेवा मा खटिन निर्देशन दिनुभएको हुदा चियापानी समेत नखाई अगाडि बढिरहेका छाै। विरामी र विरामीका आफन्त जन लाई केही समय धैर्य गर्न अपिल गर्दछौं ।

    मन्त्री रायमाझीले कोभिड १९ बाट संक्रमण भई उपचाररत सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मन्त्री रायमाझीले उपचारको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार १०:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images