आज घट्यो सुनको मूल्‍य, कतिमा हुँदैछ कारोबार
  • CIA Khabar

  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

    हिजोको तुलनामा आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३०० रुपैयाँले मूल्य घटेको थियो ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि आज घटेको छ । हिजोभन्दा तोलामा १० रुपैयाँ घटेको चाँदी आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार ११:४८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images