Breaking: केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्त
  • CIA Khabar

  • काठमाडौं । केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्ती भएका छन् । उनलाई संसदको सबैभन्दा ठूला दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गरेकी हुन् ।उनलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गरेकी हुन् ।

    प्रधानमन्त्रीमा नियुक्त भएका अ‍ोलीको भोली शपथ ग्रहण हुने स्रोतले जानकारी दियो ।गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तिन दिनको समय दिएकी थिइन् ।

    तिन दिनको समयमा विपक्षी दलहरुले बहुमत जुटाउन नसक्दा केपी ओली नै संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।संविधानको धारा ७६ ९३० अनुसार प्रधानमन्त्रीमा पुनः नियुक् अध्यक्ष ओलीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा बैठकमा बहुमत शिद्ध गर्नुपर्ने संवैधानिक प्रवधान छ ।

    प्रमुख प्रतिपक्षी काँग्रेस,माओवादी केन्द्र र जसपाको एउटा खेमाले बहुमतीय सरकार गठनका लागि गरेको प्रयास असफल भएको थियो । जसपाको महन्थ ठाकुर खेमा चट्टानी अडानसहित ओलीतिर लागेपछि बहुमतीय सरकार बन्न सकेन ।विश्वासको मत सिद्ध गर्न नसके सरकार गठनको अर्को प्रक्रिया शुरु हुन्छ ।

    त्यसपछि ७६ को उपधारा ५ को बाटो खुला हुन्छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसके वा त्यस्तो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिन नसके तत्काल बहाल रहेका प्रधानमन्त्रीले संसद विघटनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

  • ३० बैशाख २०७८, बिहीबार २१:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images