उपत्यकाका अक्सिजन उद्योगमा राज्यमन्त्री मानन्धरद्वारा अनुगमन
  • CIA Khabar

  • काठमाडौ ।  शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले ललितपुर र काठमाडौँका केही अक्सिजन उद्योगमा उत्पादन अवस्थाबारे जानकारी लिएका छन् ।

    अक्सिजनको अभाव भइरहेका बेला राज्यमन्त्री मानन्धरले काठमाडौँ उपत्यकाका अक्सिजन उद्योगमा अनुगमन गरेका हुन् ।

    अनुगमनका क्रममा उद्योगले दैनिक ९ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरेकोमा मन्त्री मानन्धरले अधीकतन क्षमतामा उत्पादन गर्न निर्देशन दिए ।

    कोरोना उपचारका लागि मुलुकभर अक्सिजनको अभाव भएको बताउँदै मन्त्री मानन्धरले जनताको जीवन रक्षाका लागि अति आवश्यक अक्सिजन उत्पादन र वितरण सहज बनाउन सरकार लागि परेको जानकारी दिए ।

    कोरोना महामारी नियन्त्रणका लागि सरकारले हरेक उपायसहित उपचार सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै मन्त्री मानन्धरले संक्रमित हुनेकाे संख्या अधिक हुँदा बेड अभाव भएको बताए ।

    सरकारले सबै सरकारी अस्पतालहरुमा काेभिड उपचारको प्रबन्ध मिलाएको बताउँदै मानन्धरले निजी क्षत्रका अस्पतालहरुमा पनि सुलभ रुपमा नागरिकको उपचारको प्रबन्ध गर्न सरकारले पहल गरेको बताए ।

    मन्त्री मानन्धरले अक्सिजन अभावको समस्या केही दिन भित्र समाधान हुनेगरी काम भइरहेको दाबी समेत गरे ।

    मन्त्री मानन्धरले बालाजुमा रहेको अक्सिजन उद्योगमा पनि उत्पादन अवस्था बारे अनुगमन गरेका थिए । मन्त्री मानन्धरले अक्सिजन अभाव हुन नदिन सरकर लागिरहेको बताउँदै समस्या परेका नागरिकलाई ( सीसीएमसी) सरकारले सञ्चालनमा ल्याएको हट लाइनमा फोन गर्न तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई जानकारी गराउन आग्रह समेत गरे ।

    अक्सिजनको समस्या समाधानका लागि सबैको पहल र सहयोग आवश्यक रहेको बताउँदै उनलेआफू पनि समस्या समाधानका लागि फिल्डमै खटिएको बताए ।

  • ३० बैशाख २०७८, बिहीबार २३:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images