शपथसँगै मन्त्रिपरिषद गठनको गृहकार्यमा प्रधानमन्त्री ओली, यस्तो छ तयारी
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद गठन गर्नुहुने भएको छ । आज दिउसो २ः३० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद गठन गर्न लाग्नुभएको हो ।

    प्रधानमन्त्रीका मुख्य सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य बिष्णु रिमालले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार शपथलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद गठन गर्न आज बिहानैदेखि गृहकार्य अघि बढाउनु भएको छ । प्रधानमन्त्री ओलीले सकेसम्म मन्त्रिपरिषदका पुरै सदस्य आजै नियुक्त गर्न चाहनुभएको छ । यसैका लागि उहाँले बिहानैदेखि नेताहरुसँग परामर्श गर्नुभएको छ । पुरै टीम संभव नभए मुख्य मन्त्रालयमा मन्त्री नियुक्त गरी छरितो मन्त्रिपरिषद गठन हुने संभावना पनि रहेको छ ।

    नेता रिमालका अनुसार प्रधानमन्त्री ओली शपथग्रहणपछि लैनचौरस्थित शहिद पार्क पुगेर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरी सिंहदरवारस्थित कार्यकक्ष पुगेर पदबहाली गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदबहालीपछि प्रधानमन्त्री ओलीले गोदावरी सिटी हलको भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार १५:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images