राहदानी वितरणमा कडाईः एउटा प्रयोजनको लागि मात्र जारी हु
  • CIA Khabar

  • काठमाडौँ । स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने भएको छ । अर्को सूचना जारी नहुँदासम्म अब अन्य व्यक्तिका लागि पासपोर्ट जारी हुने छैन ।

    नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको र विभागमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै आज शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि जानु पर्ने बाहेक अन्य व्यक्तिको राहदानी जारी नहुने राहदानी विभागले जनाएको छ ।

    विभागका अनुसार स्वास्थ्य उपचारका लागि विदेश जाने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिले आवश्यक कागजातसहित हरेक सोमबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागमा सम्पर्क गर्न सकिने छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार १५:५४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images