प्रधानमन्त्रीलाई बधाई दिँदै अनेमसंघले गरायो ध्यानाकर्षण
  • CIA Khabar

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अखिल नेपाल महिलासंघ (अनेमसंघ) ले सरकार र पार्टी संरचनामा महिला सहभागीताको लागि ध्यानाकर्षण गराएको छ । तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनुभएको उहाँलाई आफ्नै पार्टीको महिला संगठनले संविधानले ब्यवस्था गरेको सरकार र पार्टीको सबै संरचनामा महिला प्रतिनिधित्वको लागि ध्यानाकर्षण गराएको हो । अनेमसंघले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन समेत गरेको छ ।

    अनेमसंघका सचिव सुजिता शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘राज्यको सन्तुलित विकासका लागि हरेक संरचनामा महिलाको समानुपातिक समावेशिता अनिवार्य पूर्वशर्त हो । यस सन्दर्भमा हाम्रो पार्टीले सकारात्मक भूमिका खेल्दै आएको र संविधानलाई पूर्णरुपमा पालना गर्न प्रतिवद्ध रहेको वर्तमान परिप्रेक्ष्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन हुने मन्त्रीमण्डलमा महिलाको उचित प्रतिनिधित्व हुनेछ भन्ने हाम्रो विश्वास छ ।’

    साथै, पार्टीका बिभिन्न संरचनाहरुमा पनि संविधानतः महिलाहरुको उचित प्रतिनिधित्व हुँदै जाने प्रक्रियालाई सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूको सकारात्मक ध्यान जानेछ भन्ने विश्वासका साथ पुनः बधाई ज्ञापन गर्दै अनेमसंघ सफल कार्यकालको मंगलमय शुभकामना व्यक्त गर्दछ । अनेमसंघले प्रधानमन्त्री ओलीलाई हाल विश्वभरी फैलिरहेको महामारीमा जनताको ज्यानको सुरक्षा गर्न र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने कुरामा पनि प्रधानमन्त्रीको सकृयताको अपेक्षा गरेको छ ।

    ‘कोरोनाको दोश्रो लहरबाट नेपाली जनताहरु आक्रान्त बनिरहेको अवस्था छ । यस्तो विषम परिस्थितिमा नेपाल सरकार कोभिड–१९ को महामारीबाट नागरिकहरुलाई सुरक्षित राख्न र संक्रमित भएकाहरुको सुस्वास्थ्यका लागि दत्तचित्त भएर काम गरिरहेको छ । यो संकटको सम्बोधन गर्नका लागि तथा नागरीकको जीवन रक्षा गर्न सम्मानीय प्रधानमन्त्रीज्यूको सक्रियता सदा झैं उच्च रहने हाम्रो विश्वास रहेको छ’ विज्ञप्तीमा भनिएको छ ।

     

  • ३१ बैशाख २०७८, शुक्रबार २१:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images