लाचार ओलि सरकारलाई सभापति देउवाद्वारा तत्काल अक्सिजन, आईसीयू र खोपको व्यवस्था गर्न माग
  • CIA Khabar

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

    शुक्रबार विज्ञप्ति जारी गरी उहाँले कोरोना महामारीले उग्र रुप लिएको भन्दै यस्तो बेलामा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोपलगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु ।’

    अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई अपील गर्दै सभापति देउवाले सर्वसाधारणलाई स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न आग्रह गर्नुभयो । देउवाले कांग्रेस कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न निर्देशन समेत दिनुभएको छ ।

  • ३१ बैशाख २०७८, शुक्रबार २२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images