काठमाडौँ । म प्रचण्ड भुल्नु भाको त छैन नी । हुन त भुल्नु भए पनि होला लामो समय भयो मैले आफै पनि हजुरलाई सम्झने फुर्सद पाएको थिएन । त्यस्मा पनि हजुर को साथ छाडेपछि त प्रचण्ड भन्दा पनि मलाई धेरै ले पुष्पकमल दाहाल पो बढी भन्न थाले मलाई पुष्पकमल दाहाल भनेको तेती मन त पर्दैनथ्यो तर के गर्ने । शान्ति प्रक्रियामा आएको करिब करिब १२/१४ वर्ष सम्म आइपुग्दा मलाई धेरैले प्रचण्ड भन्दा पनि पुष्पकमल भन्न थाले पछि गएर कतै तपाईसामु पनि तेही कुरा पुग्यो र प्रचन्डलाई भुल्न त भएन तर त्यो प्रचण्ड र पुष्पकमल दाहाल चाई एउटै व्यक्ति हो है नभुल्नु होला ।
बिचमा लामो समयसम्म मैले तपाइलाई भुलेता पनि फेरी आज आएर निकै अत्यार लागेको छ । एउटा भनाइ छ नि निकै अफ्ट्यारो परिसकेपछि मात्र मान्छेले आफ्नालाई सम्झनछ भन्छन आज आएर मलाई तेस्तै हुन गएको छ । तपाइलाई छाडेर काठमाडौं आएदेखिनै कहिँ कतै अस्वस्थ हुन गइयो त्येहा तपाईसँग बस्दाको आनन्द यहाँ मिलिरहेको थिएन तर पछि गएर यतै मन पर्न थाल्यो ।
हेर्नुस त म यतापट्टीको रमाइलोमा भिजि सकेपछि त तपाइलाई मात्र भुलेन कि मेरा हितेेसी मित्र हरुलाई पनि भुल्न थाले मलाई आफ्नो ज्यान हत्कलामा राखेर सुरक्षा दिने ति सुरक्ष्ँाकर्मीलाइ भुले ति जनमुक्ति सेनालाई भुले आफुले नमिठो खाएर मलाई मिठो मिठो खुवाउने ति गाउले बुवा आमा , दाजु, भाइ ,दिदि बैनिहरु लाई भुले ! यो भुमरीमा फसेपछि त मैले तपाइलाई साक्षि राखेर ति गाउलेहरुलाई तपाइको काखमा बसी सुनाउने गरेका प्रतिबद्धता त चट्टक्कै भुले खै मेरो दिमागनै के गर्दिए के पत्तै पाएन सुरुसुरुमा काठमाण्डौ आएपनि एकछिन त सबैलाई थर्कमान नै पारे सबैलाई एकै झमटमा तह लगाउछु भनेर लाग्दा देखिनै बढी गडबड सुरु भयो आखिर सकिएन ।
ति मैले गरेका प्रतिबद्दताहरुलाई भुल्नु मेरो लागि वाध्यता जस्तै भयो यही माहोलमा रमाउन बाध्यभय म त आखिर ठुलो जालमा फसे आफ्नो र आफन्तको लागि जति सुबिधा लिन पनि पाउने र जनताका लागि केहि गर्न नसक्ने गरि जालमा फसे ………
तपाईलाई जानकारी छ कि छैन हिजो हामी तपाईसँग संगै बसेकाहरु आज धेरै टुक्रामा विभाजित हुन गयो कोहि कता कोहि कता भयौ । बैद्य, विप्लब ,बाबुराम म ऐले अलग अलग छौ । एस्तो अवस्थामा मैले धेरै तनाव खेप्नु पर्यो कैले बैद्यले तनाब दिने कैले बिप्लवले तनाव दिने कैले तिनी गनगने बाबुरामले तनाव दिने । एती हुदा हुदै पनि सविधानसभाकाे दोस्रो चुनाब गराएर देशलाई संविधान त दिए तर संविधान दिसकेपछि फेरी तपाइसँग रहदा पनि वटारी राख्थे नि तिनी गनगने बाबुराम उनले पार्टी छोडेर खुसी साट्न नपाउदै अर्को तनाब खेप्नु पर्यो । आफ्नै हरुबाट धोका भएको , ठक्कर खानु परेको महसुस म मा भयो । हुन त येसो हुनमा प्रमुख कारण म पनि हुन सक्छु तर यती मात्र पनि थिएन । यहासम्म आइपुग्दा माओल पुरै बिग्रिसकेको बदिलिसकेको थियो पार्टीको अवस्थापनि कम्जोर भैसकेको थियो सबै साथीहरु थाकि सकेका थिए । थकित देखिन्थे ।
उता बैद्य बुढा र विप्लव केटाले मलाई धोका दिएको क्रान्ति छोडेको आरोप लगाउदै अधुरो क्रान्ति पुरा गर्न हतियार उठाउने भन्दै हिडेका थिए यता फेरी बाबुराम नयाँ शक्ति भन्दै दौडिए आफूसंगै रहेका साथीहरुपनि कहिले विप्लव तिर जाने कोहि बाबुरामतिर जाने कोहि बैद्यतिर जाने भनि मैलाई दङ लगाउन थाले । हामी त स्वार्थ लिप्त भयो केहि क्रान्तिकारी साथीहरु निरास देखिन्थे निन्याउरो मुख लगाएर म कहाँ आउथे हिजो संसार जित्ने हिम्मत राख्ने स्वयम म र मेरा साथी हरुको यस्तो हालत देख्दा निकै तनाब हुन्थ्यो र पनि अव ति पुराना सबै कुराहरु भुली गेम त चल्नु पर्यो भनि स्थानिय चुनाबमा काँग्रेसको दिमाग भुटे र आफ्नो रणनीतिमा राम्रो सफलता हात पारे ।
पछी फेरि हिजोको हाम्रो प्रमुख शत्रु कांग्रेसलाइ लात हानेर एमाले सँग चुनाब एकता संगै पार्टी एकता गर्ने भनि प्रदेश र प्रतिनिधि सभाको चुनाब मिलेर लड्यौ र राम्रो नतिजा हात पनी पारियो यो निणयले एमाले सहित हाम्रो उपस्थिति दरिलो ठहरियो पूर्व माओबादी बाट धेरै साथीहरु चुनाब जितेर आउनुभयो समानुपातिक समावेसिमा पनि एमाले सँगको सर्त अनुसार सिट बाडफाड गर्दा हाम्रो उपस्थिति(पूर्व माओबादी ) पनि दरिलो देखियो जसले गर्दा हामी]मा फेरी आशा पलायो नेता कर्येकर्ता पनि खुसि देखिन्थे केहि हदसम्म साथिहरुमा उत्साह थपियो क्रम एस्तै चल्दै गयो विभिन्न आसंका दुभिदाका बीच अन्तत हामी हरुको पूर्व निर्णय अनुसार पार्टी एकता हुन गयो ।
त्येहा तपाइसँगमैले सुनाउने गर्थे नि के . पी ओली भन्ने मान्छेको बिषयमा एमाले भित्र सबैभन्दा हामीलाई मन नपर्ने मान्छे पछि गएर आज आएर उनकै नेत्रित्तो मान्नु पर्ने भयो । अहिले त उनि हाम्रो नेता हुन् र प्र.म पनि उनको अगाडी त हाम्रो केहि पनि चल्दैन मलाई ऐले उनको हरेक निणयको साछी जस्तो गरि बस्नु परेको छ । खै पार्टी एकता गर्दा त ढाई वर्ष पछि म प्रधानमन्त्री बन्ने भनि भद्र सहमति भएको थियो खुबै पालना गर्लान जस्तो छैन ।
यस्तै धेरै कारणले आफुले भनेको केहि नचल्ने जस्तो भैसकेपछि पार्टी भित्र र बाहिर एक्लो महसुस गर्ने गरेको छु हिजो तपाइको साथमा छदा तपाइलाइ थाहा नै छ हामि थोरै संख्यामा थियौ र पनि संसार जित्छौ नेपाललाई त पुरै कायापलट नै बनाऊछौ जनतालाई अधिकार सम्पन्न बनाऊछौ भन्ने ठुलो आशा साहस थियो तर आज हामी ठुलो संख्यामा छौ तर केहि गर्न नसक्ने अवस्थामा छौ पुरै निरास जस्तै छौ साथीहरु पनि अल्ल र मल्ल हुनुहुन्छ अग्नि जी को पनि ठुलै छट्पटहाट छ , अनी एउटा दारिवाला थिए नि प्रभाकर भन्ने रुकुमका तिनले पनि अब यसरी भएन भनेर तातिन्छन ।
एस्तै धेरै कारणले निकै अफ्ट्यारो महसुस भएको हुदा आज आएर फेरी तपाइको निकै सम्झना आएको छ ति तपाइको साथ मा बसेर काम गर्दाका दिनहरुको निकै सम्झना आएको छ त्यसैले बरु सम्पूर्ण कुरा त्यागेर फेरी जङ्गलनै तपाइको साथमा आउने मन पाे लागेको छ । शव्द छनाेट र सम्बाेधनमा कुनै कमी भएमा छेमा चाहान्छु !!!