भोजपुरमा एक संक्रमितको मृत्यु
  • CIA Khabar

  • भोजपुर । कोरोना भाइरस संक्रमित भोजपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका- ९, पानीट्याङ्की ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा उपचार गराउँदा गराउँदै गएराति उनको मृत्यु भएको पारिवारका एक सदस्यले जानकारी दिए ।

    उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० गते जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।

    जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यू र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

     

  • १ जेष्ठ २०७८, शनिबार १२:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images