गण्डकी प्रदेशमा कोरोनाबाट थप १४ जनाले ज्यान गुमाए
  • CIA Khabar

  • काठमाडौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत कास्कीका ६, पर्वतका ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १–१ जनाको मृत्यु भएको हो ।

    निर्देशनालय प्रमुख डा विनोदबिन्दु शर्माका अनुसार १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखा र १ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन् ।

    निर्देशक डा।शर्माका अनुसार म्याग्दीको वेनी नगरपालिका –५ की ४५ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । यस्तै तनहुँ भिमाद नगरपालिका –५ का २२ बर्षिय महिला, पर्वत जलजला –४ का ५५ बर्षिय पुरुष र स्याङजा अर्जुन चौतारी –१ का ९० बर्षिय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

    त्यसैगरी पोखरा–२ की ३९ वर्षीय महिला, पर्वत कुश्मा–१२ की ५२ बर्षिय महिला र पोखरा–१४ का ५२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यस्तै गोरखाको सहिद लखन थापा पाउँपालिका–४ का ४२ बर्षिय पुरुषको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी पोखरा–१४ का ४९ वर्षीय पुरुष, स्याङजा वालिङ–६ का ७८ बर्षिय पुरुष,पोखरा–१४ का ४५ बर्षिय पुरुष र पर्वत फलेवास–५ की ३२ बर्षिय महिलाको गण्डकी मेडिकल कलेज पोखरामा उपचरका क्रममा मृत्यु भएको छ ।

    यस्तै पोखरा–८ का –४२ बर्षिय पुरुषको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ। पोखरा –३० का ५३ बर्षिय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।
    योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५५ पुगेको छ ।

  • १ जेष्ठ २०७८, शनिबार १८:०९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images