२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)
  • CIA Khabar

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

    कहाँ कति थपिए ?

    मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुम १९, पाँचथर १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सोलुखुम्बु ४ र सुनसरी ९९ जनामा कोरोना भेटिएको छ ।

    यसैगरी प्रदेश २ को धनुषामा ११८, पर्सामा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा ३६, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जनामा कोरोना पाइएको छ ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १४६ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुली ३० जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वत २, म्याग्दी १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा कोरोना भेटिएको छ ।

    कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४, पाल्पामा ७३, प्यूठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्व ३, रुपन्देहीमा ४९५ र रोल्पामा ५७ जना छन् ।

    यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्ला ३, डोल्पामा १, दैलेखमा ७८, रुकुम पश्चिममा १, सल्यानमा १५ र सुर्खेतमा १८५ कोरोना संक्रमित भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटी ६२, दार्चुला २, बझाङमा १ र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार २२:५९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images