इजरायल र प्यालेस्टाइनका नेतासँग राष्ट्रपति बाइडेनको टेलिफोन संवाद
  • CIA Khabar

  •  

    काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चासो ब्यक्त गरेका छन् ।

    गत सोमबारदेखि गाजा तथा जेरुशेलमसहितका क्षेत्रमा भिडन्त जारी रहेपछि बाइडेनले इजरायल र प्यालेस्टाइनका नेतासँग टेलिफोन संवाद गरेका छन् ।

    राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासलाई टेलिफोन संवाद गरेका हुन् ।

    सो क्रममा बाइडेनले नेतन्याहूलाई हमास वा अरु कुनै पनि आतंककारी समूहबाट हुने आक्रमणको प्रतिरक्षाका लागि अमेरिकाको सदैव सहयोग रहने प्रतिवद्धता जनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    बाइडेनले पत्रकारको सुरक्षालाई लिएर पनि कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ ।

    इजरायलले गाजापट्टीमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्यालय रहेको भवनमाथि बम बर्साएपछि अमेरिकाले त्यसकाप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ ।

    अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता जेन साकीले ट्वीटरमा लेखेकी छिन्, ‘हामीले इजरायललाई पत्रकार र स्वतन्त्र मीडियाको सुरक्षा सुनिश्चितता गर्न उसको प्रमुख भूमिका रहेको बताएका छौँ।’

    शनिबार इजरायलले गाजास्थित एक बहुतल्ले भवनमा बम बर्साएको थियो । सो भवनमा कयौँ विदेशी मीडियाका कार्यालय थिए।

    बाइडेनले सत्तामा आएपछि पहिलोपटक प्यालेस्टाइनी राष्ट्रपति अब्बाससँग पनि टेलिफोन संवाद गरेका छन् ।

    उनले हमासबाट इजरायलमा भइरहेको रकेट आक्रमण रोक्न दबाब दिएको जनाइएको छ ।

    गएको सोमबारदेखि जारी भिडन्तमा अहिलेसम्म १५८ जनाको मृत्यु भएको विवरणहरू सार्वजनिक भएको छ । त्यसमा गाजामा कम्तीमा १४८ तथा इजरायलमा १० जनाको ज्यान गएको जनाइएको छ ।

  • २ जेष्ठ २०७८, आईतवार १०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images