तीन वर्ष अघि फर्कंदा कहाँ पुग्छ एमाले ?
  • CIA Khabar

  • काठमाडौ । सत्तारुढ दल नेकपा एमालेमा अहिले जेठ २ कि फागुन २८ भन्ने बहस चर्को रुपमा भइरहेको छ । एमालेमा भएको यो बहस आज २०७८ जेठ २ को नभएर ९तीन वर्ष अघि० २०७५ जेठ २ र २०७७ साल फागुन २८ को हो ।

    एमालेको केपी शर्मा ओली पक्ष फागुन २८ को निर्णयलाई सदर गरेर अघि बढ्नुपर्ने पक्षमा छ भने झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष फागुन २८ को निर्णयलाई अवैधानिक भन्दै २०७५ जेठ २ कै अवस्थामा पार्टी कमिटी र सांगठनिक संरचनालाई फिर्ता गर्नुपर्ने पक्षमा छ ।

    खासगरी सर्वोच्च अदालतले ०७७ फागुन २३ गते नेकपाको एकता भंग गरेसँगै एमालेको खनाल–नेपाल पक्षले आफ्नो बटमलाइन ०७५ जेठ २ लाई बनाएको हो ।

    तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को मुद्दामा सर्वोच्च अदालतले फैसला गर्दै एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएको थियो । त्यो पूर्ववत अवस्था भनेको २०७५ जेठ ३ भन्दा अघिल्लो दिनसम्मको अवस्था हो । जेठ ३ गते एमाले र माओवादी विघटन भएर नेकपा बनेको थियो ।

    २०७५ जेठ ३ मा दुई पार्टीबीच एकता घोषणा गरेर नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । तर, त्यो एकता भंग भएपछि एकताअघिको पार्टी संरचनालाई पुनर्जीवित गरेर अघि बढ्नुपर्ने मान्यताका साथ खनाल–नेपाल पक्षले संघर्ष नै चलाइरहेको छ ।

    गत फागुन २३ गते सर्वोच्चले पूर्ववत् अवस्थामा दुवै पार्टीलाई फर्काएपछि माओवादी केन्द्रले भने पुरानै संरचनालाई अद्यावधिक गरेर सहजै पार्टी सञ्चालन गरिसक्दा पनि एमाले अध्यक्ष ओलीले भने एकतर्फीरुपमा २०७७ फागुन २८ गते सीमित नेताहरुलाई राखेर केन्द्रीय समिति बैठकका नाममा पार्टीको सांगठनिक संरचनाका साथै विधान समेत परिवर्तन गरे ।

    त्यसक्रममा ओलीले साविक एमालेका नेताहरुको जिम्मेवारी खोस्नुका साथै फरक पार्टीबाट भित्रिएका २३ नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने र केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय लिए । त्यसका अलावा माधव नेपाल पक्षका नेताहरुलाई स्पष्टीकरण सोध्नेदेखि निलम्वनसम्म गर्ने काम ओलीले गरे । अहिले चार नेताको निलम्बन फुकुवा गरिएको छ र दुईपक्षबीच जेठ २ मा फर्कनेबारे सम्वादको थालनी भएको छ ।

    एमाले अध्यक्ष ओलीको एकतर्फी कदमपछि आक्रोशित खनाल–नेपाल समूहले पनि देशैभर समानान्तर कमिटीहरु विस्तार गरेको छ । वागमती प्रदेशमा राष्ट्रियसभाको उम्मेदवारसमेत ओली र नेपाल पक्षले बेग्लाबेग्लै खडा गरेका छन् ।

    पछिल्लो समय दुवै पक्षले एमालेमा एकता आवश्यक भएको महशुस गर्दै वार्ता र सम्वादलाई जोड दिएपछि मिलनबिन्दु खोज्ने क्रममा खनाल–नेपाल समूहले जेठ २ लाई नै बटमलाइन बनाइरहेको छ ।

  • २ जेष्ठ २०७८, आईतवार १२:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images