एमाले एकता : माधव पक्षले जेठ ६ गते बादललाई नै भोट हाल्ने
  • CIA Khabar

  • काठमाडौं । चार दिनपछि हुने वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेको माधव नेपाल पक्षले कसलाई मत दिन्छ रु आफ्नै प्रस्तावमा कांग्रेस र माओवादीको समर्थन लिएर उठेका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा कि एमालेको संस्थान पक्षले उठाएका सूर्यचिन्हधारी उम्मेदवार रामवहादुर थापा बादललाई ?

    शुक्रबार र शनिबार भएको माधव नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा पनि यसबारेमा सामान्य छलफल भयो । तर, यसबारेमा कुनै निर्णय भने नभएको केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य रचना खड्काले एस एन एन नेपाल लाई बताइन् ।

    खड्काले भनिन्, ‘समग्र एमाले पार्टीको एकताको कुरा छ । एउटा व्यक्तिको कुरा होइन । पार्टीले संस्थागत रूपमा निर्णय गरेपछि एमालेकै उम्मेदवारलाई भोट हाल्ने कुरा छँदैछ । संस्थागत निर्णय भनेको केपी ओली र माधव नेपालसहितको बैठकले जे निर्णय गर्छ हामी सोही पालना गर्छौं ।

    दुई नेताबीच वार्ता भएर पार्टी मिलाउने न्यूनतम सहमतिका साथ कार्यदल गठन भएपछि जेठ ६ गतेको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई नै मत दिइने माधव पक्षको भनाइ छ । एमालेको मत एकै ठाउँमा हुनासाथ बादलको जित सुनिश्चित हुन्छ ।

    वागमतीका स्थानीय तह र प्रदेशसभा सबैतिर एमालेको एकल बहुमत छ । प्रदेशसभामा एमालेका ५७ मध्ये २२ सांसद माधव पक्षका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख १३३ जनामध्ये माधव पक्षमा ३८ जना खुलेका छन् । यो भनेको निर्णायक मत हो ।

  • २ जेष्ठ २०७८, आईतवार १२:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images