‘डजक्‍वाइन’मा लगानी गरेर करोडौं कमाएका बैंङ्कका निर्देशकले जागिर छोडे
  • CIA Khabar

  • लन्डन । अमेरिकी मल्टिनेसनल कम्पनी गोल्डम्यान साच्सका एक कार्यकारीले क्रिप्टोकरेन्सीमा गरेको लगानीबाट आकस्मिक रूपमा मिलियन पाउन्ड कमाएसँगै जागिर छोडेका छन् ।

    बहुप्रतिष्ठित कम्पनीको लन्डन शाखामा प्रबन्ध निर्देशकको रूपमा काम गरिरहेका अजिज म्याकमोनले पछिल्लो समय चर्चामा रहेको ‘डजक्वाइन’मा लगानी गरेर १ करोड पाउन्ड कमाएसँगै जागिर छोडेको बैङ्कलाई उद्धृत गर्दै सिएनबिसीले लेखेको छ ।

    साच्सका अन्य कर्मचारीले म्याकमोहनको प्रवृति ‘इन्ट्रोभर्ट’ भएको र आफ्ना व्यक्तिगत कुराहरू कसैलाई नसुनाउने भएकाले उनको लगानीबारे आफूहरु अनविज्ञ रहेको प्रतिक्रिया दिएका छन् । बैङ्कले बताएअनुसार उनले कम्तिमा पनि १ करोड पाउन्ड (१ करोड ४० लाख अमेरिकी डलर) नाफा कमाएका छन् ।

  • २ जेष्ठ २०७८, आईतवार १२:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images